दफा १६
प्रशिक्षण यकीन गर्ने
: (१) प्रतिष्ठानले नेपाल सरकारको प्रशासन र संस्थानहरुको व्यवस्थापनक्षेत्रको लागि आवश्यक प्रशिक्षणको यकीन गर्न समय समयमा सर्भेक्षण गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम भएको सर्भेक्षणको प्रतिवेदनको आधारमा प्रशिक्षणको पाठ्क्रम तथा कार्यक्रम निर्धारण गरिनेछ ।